ताजा समाचार

चीनले गर्दा मलाई कोरोना संक्रमण भयो, अब चीनले यसको मूल्य चुकाउनुपर्नेछः ट्रम्प

एजेन्सि । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कारण आफूलाई कोरोना संक्रमण भएको आरोप लगाउँदै अब उसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

बीबीसीका अनुसार अस्पतालमा तीन दिनकाे उपचारपछि सरकारी निवास ह्वाइट हाउस फर्किसकेका ट्रम्पले एक भीडीओ सन्देश जारी गर्दै चीनप्रति आक्रोश पोखेका हुन्।

भीडीओमा उनले भनेका छन्, ‘मलाई चिनियाँ भाइरसको संक्रमण भयो, यो तपाईं (परमेश्वर) को गल्ती होइन। यो चीनको गल्ती हो र चीनले यसको परिणाम भोग्नुपर्नेछ। चीनले हाम्रो देशलाई के गरेको छ, यसको मूल्य तिर्नुपर्नेछ।’

ट्रम्पले कोरोना महामारी फैलिनुमा चीन दोषी रहेको आरोप यस अघिदेखि नै लगाइरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org