ताजा समाचार

लुम्बिनी प्रदेशको राजधानी राजपत्र ‘देउखुरी’ लेखेपछि बल्झियो विवाद

काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी मुकाम तय गर्ने बेलामा त्यहाँको सरकारले दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदीको मैदानी भाग, देउखुरी उपत्यका भनेर प्रस्ताव गरेको थियो ।

सरकारले प्रस्ताव गरेकै देउखुरी उपत्यकालाई प्रस्ताव गरेको स्थायी राजधानीलाई प्रदेशसभाका दुईतिहाइ बढी सांददले अनुमोदन गरे । प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत पअनुमोदन गरे । प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत पर्‍यो ।

तर, असोज २० गते प्रकाशित भएको प्रदेश राजपत्रमा शीतगंगा नगरपालिका र गढवा गाउँपालिकाको नाम हटाइएको छ । प्रदेश राजपत्रमा ‘राप्ती उपत्यका (देउखुरी) लाई प्रदेश नम्बर पाँचको राजधानी पारित गरिएको’ उल्लेख छ ।

अहिले प्रदेशसभामा दुईतिहाइ जुटाउन प्रदेश सरकार र मुख्यमन्त्री शङ्‍कर पोखरेलले चलाखी गरेको पनि टिप्पणी भइरहेको छ । प्रदेश सरकारले भने राप्ती उपत्यकाले प्रदेश सरकारले सदनमा प्रस्ताव गरेको र सभाले अनुमोदन गरेको सबै भूभाग समेट्ने जिकिर गरेको छ ।

“साझा नाम तय गर्दा राप्ती उपत्यका र देउखुरी क्षेत्र भनेर राखिएको हो । लुम्बिनी प्रदेशको बृहत्तर राजधानीभित्र पर्छन्,” मुख्यमन्त्री स्रोत भन्छ । राप्ती उपत्यका देउखुरीअन्तर्गत शीतगंगा नगरपालिका र गढवा गाउँपालिका मात्र नभई, लमही नगरपालिका, प्युठानको सरुमारानी गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिकाको नदी तटीय मैदानी क्षेत्र पर्ने मुख्यमन्त्री स्रोतको भनाइ छ ।

“भालुबाङ, सिसहनिया, मौरीघाट, नर्ती, गढवा, गवडिया र लमही, अर्घाखाँचीका जलुके र लामाताल क्षेत्र, प्युठानको बाङ्गेसाल र कपिलवस्तुको शिवपुर क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने तथ्य मुख्यमन्त्री शङ्‍कर पोखरेलले प्रदेशसभाको बैठकमा प्रत्युत्तरका क्रममा स्पष्ट पार्नुभएको थियो । र, यिनै क्षेत्रहरू लुम्बिनी प्रदेशको बृहत्तर राजधानीमा परेका छन्,” मुख्यमन्त्री स्रोतले भन्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org