ताजा समाचार

अनेरास्ववियूका नेता खड्काले गरे जन्मदिनको अवसरमा खेल मैदान निर्माणका लागी आर्थिक सहयोग

रुकुम-पूर्व ।  अनेरास्ववियु रुकुम –पूर्व)का जिल्ला संयोजक रेवन खडकाले खेल मैदान निर्माणको लागि आर्थिक सहयोग गरेका छन ।

संयोजक खड्काले आफ्नो जन्मदिनको अवसर पारी आज एघार हजार एक सय एघार रुपैयाँ खेल मैदान निर्माणको लागि सहयोग गरेका हुन।

खड्काले जन्मदिनको अवसरमा गरिने खर्चलाई जोगाएर निर्मानाधिन पोखरा खेलमैदानको लागि आर्थिक रकम सहयोग गरेको बताए । पोखरा खेल मैदान तथा जग्गा खरिद समितिका सचिव समेत हुन विद्यार्थी नेता खड्काले खेल मैदान निर्माणको लागि विभिन्न ठाउँबाट सहयोग रकम पनि जुटाइरहेका छन ।
खड्काले खेल मैदान निर्माणको लागि आ-आफ्नो ठाँउबाट सहयोग गर्न सबैमा अपिलसमेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org