नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा
काठमाडौं । जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ ।
निकै तामझामका साथ रेल भिœयाइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो ।
रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेको हो ।
३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सात वटा स्टेसन रहेका छन् । त्यसका लागि कम्तीमा २ सय कर्मचारी आवश्यक पर्नेछ । रेल वे कम्पनी लिमिटेडले कर्मचारी भर्नाका लागि १ सय २९ जना कर्मचारी माग गरिसकेको छ । रेल चलाउनका लागि भारतबाट कम्तीमा पनि २६ जना दक्ष जनशक्ति ल्याउनुपर्ने जनाइएको छ । त्यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । रेल वे कम्पनीले उनीहरुलाई ल्याउने प्रक्रिया भने सुरु गरेको छैन ।
भारतबाट रेल चलाउने चालक, संकेत देखाउने कर्मचारी तथा अन्य इन्जिनियरसमेत ल्याउनुपर्ने बाध्यता रेल वे कम्पनी लिमिटेडलाई रहेको छ । भारतबाट ती प्राविधिकहरु नल्याएसम्म रेल सञ्चालन असम्भव रहेको जनाइएको छ ।
भारतले निर्माण गरेको लिक तथा पूर्वाधार हालसम्म पनि औपचारिक रूपमा हस्तान्तरण नगरेका कारण सञ्चालनमा ढिलाइ हुन गएको सम्बन्धित निकायले बताएको छ ।
रेलको लिक तथा अन्य पूर्वाधार भारत सरकारले नेपाललाई कहिले हस्तान्तरण गर्ने भन्नेबारे कुनै पनि टुंगो लागेको छैन । जयनगर–जनकपुर रेल वेको पूर्वाधार तयार पार्न सन् २०१४ देखि भारतीय पक्षले रेलमार्ग निर्माण थालेको थियो । पूर्वाधार तयार गरी सन् २०१८ देखि रेल सञ्चालन गर्ने लक्ष्य रेल विभागले लिएको थियो । सुरुमा निर्माण कार्यमा ढिलाइ भएको थियो भने पछि भारतबाट रेलगाडी किन्न पनि धेरै समय लागेको थियो ।
Comments
अरु समाचार
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
स्थानीय भन्छन् – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा...
-
प्रधानमन्त्री उद्घाटन र शिलान्यासका नाममा मधेस झर्दै
जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जान लाग्नुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन बिहान साढे ११ बजे...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...
-
चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो
काठमाडौं । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ ।...
-
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ...
-
संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित
काठमाडौं । पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न...