ताजा समाचार

पुथाउत्तरगंगा गाउँपालिका नम्बर १ का वडा सदस्य पुनको निधन

तत्कालीन माओवादीका संस्थापक सदस्य क‌ गोविन्डको निधन

रुकुम- पूर्ब । (रुकुम –पूर्व) मा एक जना वडा सदस्यको अकस्मात निधन भएको छ ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मैकोटका वडा सदस्य नन्दजित पुन –गोविन्ड) को गएराती ६८ वर्षको उमेरमा निधन भएको हो ।
पहिले स्वास्थ्य अवस्था राम्रै रहेको वडा सदस्य पुनको आकस्मीक रुपमा परेको तीन दिनको बिमारीले ज्यान गएको पारिवारीक स्रोतले जनाएको छ । यहि असोजको २१ गतेबाट एक्कासी बिरामी परेका वडा सदस्य पुनको गएराती आफ्नै घरमा निधन भएको हो ।

२१ गतेबाट नै हल्का ज्वरो आउनुका साथै पखला र बान्ता हुने समस्या देखिएको थियो भने कम्मरभन्दा तलको भाग नचल्ने र पिसाव समेत बन्द भएको वडा सहायक समेत रहेका उनका छोरा दलबहादुर पुनले बताए ।

अकस्मात बिरामी परेका उनलाई स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।
जिल्ला अस्पताल टाढा भएको र नजिकै गुणस्तरीय स्वास्थ्य सेवा सहितको स्वास्थ्य संस्था नभएपछि उनलाई आज शनिबार उपचारको लागि हेलिकप्टरमार्फत काठमान्डौ लैजाने तयारी भइरहेको थियो । तर उनको गएराती नै निधन भएको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिइन ।

उनका तत्कालीन नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । पुन साविक मैकोट गाविसको तत्कालीन माओवादी –मशाल) को संस्थापक सदस्यसमेत हुन।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org