ताजा समाचार

मतदाता भेटघाट तथा विकास निर्माणका आयोजना अनुगमणमा सांसद रोका

रुकुम-पुर्व  ।  प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री कमला रोकाले पुथाउत्तरगंगा गाउँपालिकामा जनप्रतीनिधी र नागरिक अगुवासँग भेटघाट गर्नुभएको छ ।

कोरोना महामारीको बेलामा जिल्लामा आउनुभएकी सासंद रोकाले भौतीक दुरी काय राख्दै सबैसँग भेटघाटका साथै छलफल र अनुगमणको कार्य गर्दै आउनुभएको छ ।

सिस्ने र भूमे गाउँपालिकाको विभिन्न कार्यक्रममा शरिक बनेर आज पुथाउत्तरगंगा गाउँपालिकामा पुग्नुभएकी सासंद रोकाले गाउँपालिकामा भइरहेका विकास निर्माणको अवस्थाको बारेमा जानकारी लिनुभएको छ भने पाहुना घर र आइसोलेसनको पनि अनुगमण गर्नुभएको छ ।
अहिले पुथाउत्तरगंगा गाउँपालकिाको उत्तरगंगा नदिमा बन्न लागेको मोटरेबल पुल विवादीत छ ।

उत्तरगंगा नदिमा पुल निर्माणको लागि डिपीआर तयार भएर पनि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । विवादकै कारण काम भने अघि बढ्न सकेको छैन । विवादित विषयलाई मिलाएर डिपीआर गरेकै ठाउँबाट छिटो भन्दा छिटो पुल निर्माणको कामलाई अगाडि बढाइने सांसद रोकाले छलफलको क्रममा बताउनुभएको छ ।
यस्तै उहाँले सोही गाउँपालिकाको वडा नमबर ५ र ६ मा जाने हुकामदेखि मैकोेटसम्मको सडक निर्माणको डिपिआर गर्ने विषयमा पनि छलफल गगरिएको छ । अहिले सामान्य छलफल गरिएपनि ५ र ६ नम्बर वडाका नागरिकसँग बृहत छलफल गरी डिपीआर गरिने सांसद रोकाको भनाई छ ।

सम्बन्धित ठाउँका नागरिकसँग छलफल नगरी डिपीआर गरिदा पछि विवाद भएर काममा आवरोध हुने स्थिती सिर्जना हुने गरेकाले पहिले नै छलफ ल गरेर मात्र काम अगाडि बढाउदा राम्रो हुने उहाँको भनाई छ । यस्तै सांसद रोकाले निर्मानाधिा पाहुना घर र आइसोलेसनको पनि अनुगमण गर्नुभएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिनुभयो ।

छलफल तथा भेटघाट कार्यक्रममा सासंद रोकासहित जिल्ला समन्वय समिति प्रमुख, गजेन्द्रबहादुर ओली, उपप्रमुख भिमकुमारी पुन, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, निमित्त जिल्ला समन्वय अधिकारी विमला रोका श्रेष्ठ लगाएत गाउँपालिकाका कर्मचारी, र नागरिक अगुवाको उपस्थिती रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org