ताजा समाचार

भारतीय राजदूत कोत्रा सेल्फ आइसोलेसनमा

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्रा सेल्फ आइसोलेसनमा बसेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि राजदूत कोत्रा सेल्फ आइसोलेसनमा बसेका थिए । उनले शुक्रबार मात्र मन्त्री भट्टराईलाई भेटेका थिए ।

त्यही साँझ ज्वरो आएपछि स्वाब दिएका भट्टराईलाई शनिबार संक्रमण पुष्टि भएको छ ।

दूतावास स्रोतका अनुसार राजूदत कोत्राले सबै भेटघाट बन्द गरेका छन् र उनलाई कुनै समस्या देखिएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org