ताजा समाचार

धादिङको सिम्लेमा गुडिरहेको बस जल्यो

काठमाडाैँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा बसमा आगलागी भएको छ।

आगलागीबाट मानवीय क्षती भएको छैन। हेटौंडाबाट काठमाडौ जाँदै गरेको ना ५ ख ६९० नम्बरको  बस आगलागी भएर बस पूर्ण रुपमा जलेको हो।

बसमा ब्याट्री पड्किएर आगलागी भएको सिम्ले प्रहरीले जनाएको छ। धुनीबेंसी नगरपालिकाको दमकल ,कर्मचारी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org