ताजा समाचार

संघ र प्रदेशका सांसदहरु जनभेटघाट तथा विकास निर्माण आयोजना अनुगमणमा

जनभेटघाटमा गृह जिल्ला पुगेकी सांसद रोकाद्वारा खेलमैदान उद्घाटन

रुकुम-पूर्व ।  जिल्लामा आउनु भएका संघ र प्रदेशका सांसदहरुले यतीबेला मतदाताहरुसँगको भेटघाट कार्यक्रमलाई जारी राख्नुभएको छ ।

कोरोना महामारीको बेलामा जिल्लामा पुग्नुभएका संघ र प्रदेशका सांसदहरुले भौतीक दुरी कायम राख्दै मतदाता भेटघाटसँगै गाउँठाउँमा भइरहेका विकास निर्माणको अवस्थाको बारेमा जानकारी लिइरहनुभएको छ ।

मतदाता भेटघाट र उनिहरुको गुनासो सुन्ने क्रममा टोली आज सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा पुगेको छ । संघिय सांसद कमला रोका, प्रदेश सांसद तेजबहादुर ओली र भौतीक पूर्वाधार विकास सभापती आशा स्वर्णकार लगाएत जिल्लाको टोली पोखरामा जभेटघाटसँगै विभिन्न कार्यक्रममा शरिक हुनुभएको छ ।

वडा नम्बर ३ का पोखरा र पाँगा लगाएतका ठाउँका नागरिकले संघ र प्रदेशका सांसदहरुलाई भेरीले गरिरहेको कटानको समस्यालाई समाधान गरिदिन माग गरेका छन् । यस्तै पोखरामा कृषि सडक निर्माण, लिफ्ट सिचाइको व्यवस्था र ढल निकासको व्यवस्था गरिदिन माग गरेको अनेरास्ववियुका जिल्ला संयोजक समेत रहनुभएका स्थानीय रेवन खड्काले जानकारी दिनुभयो ।

यसै क्रममा पोखरा खेल मैदान निर्माण समिति र स्वाबलम्बि कृषि सहकारी संस्थाले सांसदलाई मागपत्र पेश गरेका छन् । पोखरामा अहिलेसम्म एउटा पनि व्यवस्थित खेल मैदान नहुँदा समस्या भएपछि खेल मैदान निर्माण गरिदिन र चिउरी प्रशोधन मेसीन लगाएत भौतीक संरचनाहरु निर्माण गरिदिन भन्दै मागपत्र बुझाएको खड्काले बताउनुभयो । जनता मावि पोखराले पनि चियापान कार्यक्रम गर्नुका साथै विद्यालयका समस्याहरुलाई संैबोधन गर्न माग गरेको छ ।

आफ्ना मतदाताहरुले राखेका यी मागहरुलाई माथीबाट आउने नीति र कार्यविधिअनुसार संबोधन गर्ने सांसद रोकाले प्रतिबद्धता जनाउनुभएको छ । यस्तै प्रदेशबाट संबोधन हुने योजनाहरुलाई पनि आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रदेश सासंद ओली र स्वर्णकारले बताउनुभएको छ ।

संघिय सांसद रोकाले पाँगामा रहेको सौजन्य आधारभूत विद्यालयको खेलमैदान उद्धघाटन गर्नुभएको छ । सांसद विकास कोषको १५ लाख बजेटबाट निर्माण गरिएको खेल मैदानको सांसद रोकाले रिवन काटेर उदघाटन गर्नुभएको छ ।।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर वली, उपप्रमुख भीमकुमारी घर्ति, अनेरास्ववियू केन्द्रिय सदस्य रुपेन्द्र मल्ल, अनेरास्ववियू जिल्ला संयोजक रेवन खड्का र  सिस्ने गाउँपालिका इन्चार्ज बासुदेव गाैतमसहितको टोली पुगेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org