प्रभुको नयाँ एयरबस हेलिकप्टरले पायो उडान अनुमति
काठमाडौं । प्रभु हेलिकोप्टर प्रालिको नयाँ हेलिकप्टर एच १२५ एएस ३५० बी ३ ईले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको छ ।
प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नयाँ एयरबस हेलिकप्टर भित्राउने घोषणा गरेको थियो । तर, कोरोना भाइरसको संक्रमणले उक्त अभियान बन्द भएको छ ।
हेलिकोप्टर ११ चैतमै काठमाडौं अवतरण गरेको थियो । तर, कोरोना महामारी र यसको रोकथामका लागि अपनाइएका कदमले व्यवसायिक उडानको प्रक्रिया ढिला भएको कम्पनीका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताएका छन् । प्रभुले स्थापनाको ५ वर्ष भित्रै हेलिकोप्टर संख्या ६ पुर्याएको छ ।
कल साइन ९ एन-एनएलई रहेको हेलिकोप्टरको ६ वटा सिट क्षमता छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलीकप्टर नेपाली भूभागको लगि योग्य हेलिकोप्टर रहेको राजलवटलाई उदृत गर्दै कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । हेलिकोप्टर थप भए सँगै नयाँ गन्तव्यमा उडान बिस्तार गर्न सहज भएको कम्पनीको भनाई छ ।
हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकीय उडान गर्दै आएको प्रभु हेलिकोप्टरले पोखराबाट अन्नपुर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकमा उडान गर्छ ।
नयाँ हेलिकाप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिटभन्दा माथि सगरमाथा आधार शिविर, लाङटाङ, गोसाइकुण्ड, दामोर कुण्ड, माथिल्लो मनाङ/मुस्ताङ र तिलिचो ताल लगायतका गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रभुले उल्लेख गरेको छ ।
हिमाली क्षेत्र लगायत आवस्यक ठाउँमा उद्दार उडान गरिरहेको प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती र सुत्केरीको आपतकालीन उद्दार समेत गर्दै आएको छ ।
Comments
अरु समाचार
-
कतारका राजा थानीसँगै कतार जानेछन् ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’
काठमाडौं । सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा हुने कतारका राजा शेख तमिम...
-
मनकामना केबलकार शुक्रबार बन्द हुने
काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
बेगनासमा चिनियाँ सांस्कृतिक खेल ‘ड्रागन बोट रेस’
काठमाडाैँ । पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन्...
-
मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४...
-
पाेखरामा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् । उनी पोखरालाई नेपालको पर्यटनको राजधानी...
-
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्। फेवाताल छेउको वाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री...
-
अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार...
-
पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग
काठमाडौं । पाथीभरा (मुकुमलुङ)मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहजरुपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरुले माग...