ताजा समाचार

कर्णाली विवाद उत्कर्षमाः जिम्मेवारीबाट हटाइएका शाह भन्छन, कोमामा गएका दलका नेताले निर्णय गर्न मिल्दैन

काठमाडाैँ । नेकपा कर्णाली प्रदेशका निवर्तमान प्रमुख सचेतक गुलाबजंग शाहले कोमामा गएका दलका नेताले पदमुक्त गर्न नमिल्ले बताएका छन्।

सोमबार मात्रै मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक शाहलाई पदमुक्त गरी सचेतक सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘कोमामा गएका दलका नेताले बर्खास्त गरेर केही हुँदैन्, मंगलबार बैठक पनि बस्छ, निर्णय पनि हुन्छ,’ शाहले भने, अविश्वासको प्रस्ताव झेलिसकेका दलका नेताले कुनै निर्णय गर्न मिल्दैन।

उनले  अब केन्द्र पार्टीको कुनै पनि कुरा नसुन्ने बताए। पछि हट्ने अवस्था नरहेको उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org