ताजा समाचार

कर्णाली प्रदेशकाे समस्या प्रचण्ड गलाउने ओलीको रणनीति 

कर्णालीमा नाङ्लो ठटाएर खुमलटार तर्साउने प्रपञ्ज

काठमाडाैँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा सिर्जित समस्या प्रधानमन्त्रीले केपी ओली सल्टाउनु पर्ने बताएका छन् ।

केन्द्रको राजनीतिलाई प्रदेशमा सारेर संकट थप गहिरो बनाउन खोजेकोभन्दै प्रचण्डले कर्णाली प्रदेशमा ओलीको धापमै मुख्यमन्त्री हटाउने खेल सुरु भएको भन्दै उनैले सल्टाउनुपर्ने बताएका हुन् । बालुवटारमा ओलीसँगको भेटमा प्रचण्डले उक्त मत राखेको स्राेतकाे दाबी छ ।

ओलीलाई भेट्न जानुअघि अध्यक्ष प्रचण्डसहित नेताहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा,बर्षमान पुनलगायतका नेताहरु खुमलटारमा बसेका थिए । त्यस बसाईमा अध्यक्ष ओलीको धापमा कर्णालीमा समस्या आएको निष्कर्ष निकालेको छ । पूर्वमाओवादीको भागमा परेको कर्णालीको मुख्यमन्त्री हटाउने  खेलमा ओलीले धाप दिएर केन्द्रमा प्रचण्डलाई गलाउने ओली रणनीतिका रुपमा त्यस बसाईको निष्कर्ष छ ।

स्रोतका अनुसार, केन्द्रमा प्रचण्डले राजनीतिक नियुक्ति तथा मन्त्रिपरिषद् पुनगर्ठनमा राखेको अडानलाई कमजोर बनाउन प्रदेशमा संकट सिर्जना गराउन उक्साएको पनि प्रचण्डसहितका नेताहरुको भनाइ थियो ।  खुमलटारको त्यही निष्कर्षपछि अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार गएका थिए । त्यस छलफलमा पार्टी एकताका क्रममा भागबण्डामा परेको कर्णाली प्रदेशमा मुख्यमन्त्री पुर्वमाओवादीलाई हटाउने हो भने त्यसबापत कुन प्रदेशमा दिने हो त भन्ने प्रश्न पनि उठेको बताइएकाे छ ।

बालुवाटारमा प्रचण्डले ओलीलाई ‘तपाईद्धारा सिर्जित समस्या हो, तपाईले नै हल गर्नुस्’ भनेको खुमलटार स्रोतको दाबी छ । ओलीले प्रचण्डको भनाइमा खासै जवाफ नदिएको उल्टै प्रदेशको समस्या प्रदेशमै टुंगियाेस् भन्ने आग्रह गरेका थिए । त्यस क्रममा कर्णालीमा मुख्यमन्त्रीका कारण निकै समस्या भएको  र पार्टीमा असन्तुष्टि बढेको ओलीको भनाइ थियो । तर, प्रचण्डले कर्णालीको समस्या ओलीले नै सल्टाउनुपर्ने अडानसहित बालुवाटारबाट निस्केका थिए ।

त्यसो त, विहान नै प्रचण्ड र माधव नेपालवीच पनि छलफल भएको थियो । छलफलमा प्रचण्डले नेपाललाई आफ्नो समूहका नेताहरुलाई फिर्ता गर्न आग्रह गरेका थिए । नेता नेपालले कर्णालीमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्नुपर्ने पक्षमा भए पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउने पक्षमा भने नरहेको बताएका थिए । त्यसैले नेता नेपालले आफुनिकट नेताहरुलाई फिर्ता हुन आग्रह गरेकाे प्रचण्ड पक्षको बुझाइ छ ।

मुख्यमन्त्रीको सपनामा प्रदेशमा निर्वाचन लडेका यमलाल कँडेल जसरी पनि शाहीलाई हटाउन चाहन्छन् । कँडेलको सिफारिशमा भौतिक पूर्वाधार मन्त्री भएका ठेकेदार खड्क खत्रीलाई बैकिङ कसुरमा पाटन उच्च अदालत दोषी ठहर गरेपछि मुख्यमन्त्री शाहीले खत्रीलाई हटाएका थिए ।

त्यसपछि कँडेलले आफूनिकट सांसदलाई भौतिक पूर्वाधार मन्त्री बनाउन दबाब दिएका थिए भने नेपाल पक्षका नेताहरुले राजबहादुर शाहीलाई मन्त्री बनाउन पहल गरेका थिए ।

तर, मुख्यमन्त्री शाहीले ती दुवैका प्रस्ताव नसुनेर एक बर्षदेखि  आफू मातहतै राखेपछि नेपाल पक्ष पनि शाहीसँग असन्तुष्ट थियो । अहिलेको मन्त्रिपरिषद्मा नेपाल पक्षबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला मात्र छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org