ताजा समाचार

मुस्ताङी च्याङ्ग्रा म्याग्दी आइपुगे

काठमाडाैँ । कोरोना कहर र बाढी पहिरोका कारण जोखिमयुक्त बाटोलाई छिचोल्दै दशैंका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राहरु ग्यादी सदरमुकाम ल्याइपुर्याइएको छ।

दशैंका ल्याइएका च्याङ्ग्रा कम्तीमा ३० हजार रुपैयाँ मूल्य कायम गरिएको छ। यस वर्ष चीनको तिब्वतबाट भेंडा च्याङ्ग्राको आयात रोकिएसँगै मूल्य ह्वात्तै बढेको छ। कोरोना भाइरसको जोखिमसँगै तिब्वतबाट भित्रिने २० हजारभन्दा धेरै भे्रडा च्याङ्ग्रा रोकिएपछि मुस्ताङ र डोल्पाबाट मात्र ल्याइँदा मूल्य आकाशिएको हो।

मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य २८ हजार रुपैयाँ परेको व्यापारीहरु बताउँछन्। मुस्ताङ र डोल्पामा नै महँगो भएपछि ठूला ब्यापारी रित्तै फर्किएको छन्। बर्सेनि भेंडा च्याङ्ग्रा खरिद गर्ने व्यापारीभन्दा विचौलियाको सक्रियताले पनि भाउ महँगो भएको सिन्धुपाल्चोकबाट आएका व्यापारी अमरबहादुर ठकुरीको भनाइ छ।

अघिल्लो वर्ष यातायातलगायतका खर्च कटाएर काठमाडौंमा बिक्री गर्ने मूल्य यस वर्ष मुस्ताङमै तिर्नु परेको विष्णु सुबेदीले बताए। उनले पनि  बिचौलियाको चलखेलले किसान र उपभोक्ता मारमा परेको बताए। करिब ६०० भेंडा च्याङ्ग्रा खरिद गर्ने योजनामा मुस्ताङ पुगेका ठकुरी र सुवेदी यस वर्ष करिब २०० वटा मात्र खरिद गरेका छन्। करिब एक हजार भेंडाच्याङ्गा खरिद गर्ने तयारीमा रहेका ब्यापारीले १०० वटा पनि  ल्याउन उनीहरुको भनाइ छ।

यस वर्ष मुस्ताङी च्याङ्ग्राको जिउँदो प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्दा समेत लगानी नउठ्ने व्यापारीहरु बताउँछन्। मुस्ताङमा करिब १० हजार र  डोल्पाबाट ४०० वटा भेंडा च्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ। गत वर्ष मुस्ताङबाट २५ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा निर्यात भएको थियो।

हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिन्छ। तिब्वतबाहेक उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड र वारगुङ मुक्ति क्षेत्र गाउँपालिका भेडाच्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ। माथिल्लो क्षेत्रमा भेडापालाक किसानको आर्कषण बढेपनि चरनक्षेत्र लगायतका समस्याले उत्पादनमा बृद्धि हुन सकेको छैनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org