‘बलात्कारमा मिलापत्र आफैंमा कसुर’
काठमाडाैँ । महान्यायाधिवक्ताको कार्यालयले पछिल्लो समय जबर्जस्ती करणीका घटनामा मिलापत्र गराइएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलद्वारा जारी सूचनामा जानेर वा नजानेर गरिएको कानूनको उल्लंघन क्षम्य नहुने समेत बताइएको छ ।
मंगलबार एक सूचना जारी गर्दै कार्यालयले जनप्रतिनिधिकै रोहवरमा पीडक र पीडितबीच सहमति गराइएको घटनाहरू सञ्चारमाध्यममा आएकाले ध्यानाकर्षण भएको जनाएको हो । जबर्जस्ती करणीका बारे नजिकका प्रहरीलाई जानकारी गराइ अभियुक्तलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नु व्यक्तिको दायित्व रहेको सूचनामा उल्लेख छ ।
मिलापत्र गरिएका यस्ता घटना गैरकानूनी भएकाले कानूनले संरक्षण र मान्यता दिन नसक्ने बताइएको छ । ‘सबै सरकारी वकिल कार्यालयहरूलाई सम्बन्धित प्रहरी कार्यालयसँग समन्वय गरी यस्ता प्रकारका कसूरको विरुद्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नका लागि निर्देशन गरिएको छ,’ सूचनामा भनिएको छ ।
यस्ता सरकारवादी मुद्दामा मिलापत्र गराउनु ‘सभ्य समाजका लागि कलंक’ रहेको भन्दै सूचनामा भनिएको छ, ‘कानूनले निर्धारण गरेको कसूरको अनुसन्धान अभियोजना तथा न्याय सम्पादन प्रक्रियामा नागरिक समाज र जनप्रतिनिधिहरूले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा महान्यायाधिवक्ताको कार्यालयबाट समेत सचेतनामूलक कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरिने व्यहोरा सबैमा जानकारी गराउँदछु ।’
स्थानीय तहलाई समेत आफ्ना जनप्रतिनिधिलाई अपराध अनुसन्धान एवं न्यायिक प्रक्रियाको बारेमा अभिमुखीकरण गर्ने व्यवस्था मिलाउन महान्यायाधिवक्ताको कार्यालयले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
६ पौष २०७७ सोमवार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख...
-
Chand-led CPN murders school teacher in Morang
Netra Bikram Chand-led CPN has shot dead a school teacher in Morang after abduction. Rajendra Shrestha, 54, of Barkhe in...
-
राजपुर बमकाण्डका नाइके कांग्रेस सांसद आलमका भाई पनि समातिए
काठमाडौं । कुख्यात राजपुर हत्याकाण्डमा संलग्न अफताब आलमका भाईलाई महताफ आलमलाई प्रहरीले पक्राउ गरेको छ। हाल नख्खु कारागारमा जेल सजाय...
-
एकलाख दिएर बुबाले नै छोरीको हत्या गर्न लगाए
काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा...
-
६ वर्षीया बालिका बलात्कार आरोपितको घरमा आगो, शवसहित सडकमा
काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन्।...
-
बेपत्ता प्रहरी जवान साउदको शव भेटियो
काठमाडाैँ । धनगढी उपमहानगरपालिका–२ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । शनिबार रातिदेखि...
-
असई गोविन्द विक हत्या प्रकरणः शंकास्पद ११ जना पक्राउ
कैलाली । कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।...
-
वीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरी छापा, २३ किलो बढी सुन बरामद
वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । ...
-
‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ
काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन...