ताजा समाचार

अनेरास्ववियू रुकुम-पूर्वद्वारा स्वास्थ्य सामाग्री वितरण

रुकुम-पूर्व । अनेरास्ववियू रुकुम पूर्वले कोरोना संक्रमणको जोखिमबाट बच्न विद्यालयमा मास्क, सेनिटाइजर वितरण अभियान थालेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै भएको बेला स्वास्थ्य्य सुरक्षाका मापदण्ड पालना गरेर शैक्षिक क्रियाकलाप सञ्चालन भैरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरि   त्रिभुवन जनता माबि छिप्रिदहमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

वि.एल.वि. गेष्ट हाउसका सञ्चालक विनाेद के सीको आर्थिक सहयोगमा अनेरास्ववियू रुकुम पूर्वका संयोजक रेवन खड्काले   प्रधानाध्यापक माेहन बहादुर के सीलाई स्वास्थ्य सामाग्री(मास्क, सेनिटाइजर) हस्तान्तरण गरेका छन ।

संयोजक खड्काले भनेः कोरोनाको जोखिम कायमै रहेको समयमा विद्यालयका पठनपाठन सञ्चालन भैरहेका छन । तसर्थ विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल पालन गर्ने विषयमा जनचेतना र स्वास्थ्य सामाग्री हस्तान्तरणको अभियान जिल्ला व्यापी रुपमा सञ्चालन गर्ने छाैँ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org