ताजा समाचार

उद्योग बाणिज्य महासंघको अधिवेशन मंसिर ११ देखि: उद्घाटन भर्चुअल

काठमाडाैँ । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारण सभा र निर्वाचन हुने महासंघले जनाएको छ।

उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुनेछ। उद्घाटन कार्यक्रम भर्चुअल अनलाइनबाट हुने महासंघको भनाइ छ।

यस्तै १२ गते बन्द सत्र हुनेछ। १३ गते निर्वाचन हुने महासंघले जनाएको छ। त्यसका लागि तीन ठाउँ तोकिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुनेछ।

महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूको निर्वाचन हुन लागेको हो।

कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org