ताजा समाचार

प्रधानमन्त्रीले मुख्यमन्त्री शाही र कँडेललाई भेट्ने समय दिएनन्

काठमाडाैँ ।  कर्णाली प्रदेशमा सत्ताको किचलो गरेर चर्चामा आएका मूख्यमन्त्री महेन्द्रबहादुर शाही, अविश्वास प्रस्तावका अगुवा यामलाल कँडेललगायत नेताहरू काठमाडौं आएर अलमलमा परेका छन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले चिठी नै काटेर छलफलका लागि काठमाण्डाै बाेलाए पनि बैठक बस्न सकेकाे छैन । कार्यकारी अध्यक्ष प्रचण्डले निबासमै बाेलाएर दुबै पक्षसंग छुट्टाछुट्टै भेटे पनि प्रधानमन्त्री ओली  उनीहरुलाई भेट्ने समय नै दिएका छैनन् ।

दुबै अध्यक्षकाे हस्ताक्षरसहितकाे पत्रमा २९ असाेजमा केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफलका लागि  आउन भनिएकाे थियाे । तर, अध्यक्षद्वयले बाेलाएकाे बैठक कहिले हुने निश्चित छैन ।  नेकपाभित्रैका पक्ष, प्रतिपक्षहरु राजधानी आएर के गर्ने कसो गर्ने भन्नेमा रनभुल्ल परेका हुन् ।

‘विवाद रोकेर आउनु भन्ने पत्र पाएर आयौ । धुम्बाराही पुगेर कार्यालय सचिवलाई नमस्कार गरेर फर्कियौं’ असन्तुष्ट पक्षका नेता कँडेलले शिलापत्रसंग भने, ‘बैठक कहिले हुन्छ कुनै जानकारी आएको छैन ।’

कँडेल र हटाइएका प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि अध्यक्ष प्रचण्डले खुमलटारमा बोलाएर छलफल गरेका थिए । भेटका क्रममा उनले ‘अविश्वासको प्रस्ताव’ आफूलाई सप्राइज लागेको बताएका थिए । अविश्वास प्रस्ताव कुनै गुटउपगुट वा कसैका निम्ति नभई कर्णालीको हीतका लागि भएको आफूले कुरा राखेको कँडेलले बताए ।

केन्द्रीय सदस्य निरज आचार्यका अनुसार, अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाही लगायतको समूहलाई पनि छुट्टै भेटेका थिए । आफूहरुसंग कर्णालीको विवाद र समाधानको उपायबारे रिपोर्टिङ लिएको आचार्यले बताए ।

प्रधानमन्त्री ओलीले भेट्ने बताइए पनि समय नपाएको दुबै पक्षका नेताहरुको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org