ताजा समाचार

पूर्वप्रधानमन्त्री खनाल डिस्चार्ज

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल तीन दिनको अस्पताल बसेर डिस्चार्ज भएका छन् ।

बुधबार दिउँसो अस्पताल भर्ना भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता खनाल शुक्रबार दिउँसो डिस्चार्ज भएका हुन् ।

श्वासप्रश्वास र उच्च रक्तचापको कारणा ह्याम्स अस्पताल, धुम्बारााहीमा भर्ना भएका खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जानकारी दिए ।

‘अस्पतालमा उपचारको क्रममा उल्लेख्य सुधार आएको हुनाले चिकित्सकको सल्लाह बमोजिम आवश्यक औषधि खानेगरी आज दिउँसो अस्पतालबाट डिस्चार्ज हुनु भएको छ’, कार्यकारी निर्देशक शर्माले भने ।

पूर्वप्रधानमन्त्री खनालको उपचारमा डा. अर्जुन कार्की, डा. रक्षा पाण्डे, रडा. राजु पंगेनीको टोली खटेको थियो । कोरोनाको आशंकामा अस्पतालमा गरिएको पीसीआर जाँचको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org