म्याग्दी जिल्ला प्रहरी प्रमुख कुवँरलाई ‘उत्कृष्ट कार्य पुरस्कार’
काठमाडौं। नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरलाई उत्कृष्ट कार्य पुरस्कारले सम्मान गरेको छ ।
नेपाल प्रहरीको ६५ औँ स्थापना दिवसको अवसरमा प्रनाउ कुँवरलाई उत्कृष्ट कार्य पुरस्कार प्रदान भएको हो ।
म्याग्दी जिल्ला इन्चार्ज प्रनाउ कुवँरलाई कार्य कुलशता र ब्यवसायिक क्षमता प्रदर्शन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्शालले उत्कृष्ट कार्य पुरस्कार प्रदान गरेको हो ।
म्याग्दि जिल्ला प्रमुखको रुपमा म्याग्दीमा कार्यरत कुँवर नेपाल प्रहरीमा २०६१ साल पुस महिनाको ३० गते प्रहरी निरीक्षकक बाट सेवा शुरु गरेका कुँवर प्रहरी योजना निमार्ण र सुधारका कार्यहरुमा कुशल मानिन्छन् ।
प्रनाउ कुवँरले कोभिड-१९ को रोकथामका ‘सामुदयमा आधारित स्वंयमसेबक’ परिचालन अभियानको थालनी गरि प्रभावकारी रुपमा कार्यन्वयन गरेपछी यस अभियानलाई राष्ट्रिय रुपमा समेत सरकारले अवलम्वन गरेको छ ।
कोरोना महामारीको विषम परिस्थितीमा विशेष अप्रेषन सञ्चालन गरेर फरार अपराधीको सुचिमा रहेका ३२ जना अपराधीलाई पक्राउ गरेका छन ।
म्याग्दिमा सामुदायीक प्रहरी साझेदारी अभियानलाई प्रभावकारी कार्यन्वयन गरेर समुदाय र प्रहरीबीचको संबन्धलाई प्रभावकारी रुपमा स्थापित समेत गरेका छन ।
प्रनाउ कुवँर महानगरिय प्रहरी बृत्त कमलपोखरीमा कार्यरत हुँदा दक्ष कार्य कुशलता प्रर्दशन गरेर आफ्नो व्यवसायीक तथा प्रशासनिक छबि राम्रो बनाएका थिए ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...