गायिका स्मिताको ‘मायाले मलाई बोलायो’ सार्वजनिक
काठमाडाैँ । गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका स्मिताको स्वर रहेको ‘मायाले मलाई बोलायो’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ ।
गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन् । नायक सलोन बस्नेतले आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’बाट निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् । भिडियोमा सलोन र स्मितासगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ । भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ ।
भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । ठुलो लगानीमा निर्माण भएको यस म्युजिक भिडियो निकै सुन्दर बनेको छ भने गीतको अडियो पनि सुन्दर बनेको छ । पछिल्लो समय चलचित्र जस्तै ठुलो लगानीमा म्युजिक भिडियोहरू बन्न थालेका छन् र ठुलो पर्दामा जमेका कलाकारको आकर्षण पनि म्युजिक भिडियोमा बढ्दो छ । साथै म्युजिक भिडियोको गुणस्तर पनि निकै उत्कृष्ट हुन थालेका छन् ।
दर्शकले केही मिनेटमा नै निकै सुन्दर कथा बुनेका साङ्गीतिक भिडियोका मार्फत मनोरञ्जन लिन सक्ने भएकाले म्युजिक भिडियो निर्माण पनि उत्साहजनक रूपले भइरहेको छ ।
सलोन र स्मिताको यस म्युजिक भिडियोमा बालपनको उमेर देखिको सम्बन्ध ठुलो भइसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथा बुनिएको छ ।
Comments
अरु समाचार
-
गजल: बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे….
गजल आजकाल बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे...
-
अब आँसु खसाउनु पर्दैन
कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ...
-
प्रभु क्यापिटल टिकटक च्यालेन्जः प्रभु हेलिकप्टरमा गोसाइँकुण्ड घुम्ने अवसर
काठमाडौं । प्रभु क्यापिटलले टिकटक क्याम्पियन आयोजना गरिरहेको छ । आफ्ना टिकटक भिडियोहरुबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले आफ्नो टिकटक...
-
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम ‘ऐना’ सञ्चालन गर्ने
काठमाडाैँ । द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रम 'ऐना' माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ ।...
-
मनोजसँग नाम जोडिएपछि वर्षा आक्रोसित !
काठमाडाैँ । दोस्रो विवाहको तयारी गरिरहेका कलाकार मनोज गजुरेलसँग नाम जोडिएपछि अभिनेत्री वर्षा सिवाकोटी आक्रोसित भएकी छन् । कतिपय अनलाइन...
-
पौष १० बाट एकतर्फी रुपमा हल खोल्ने हल व्यवसायीको घोषणा
काठमाडाैँ । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर...
-
पशुपतिमा शतबीज छर्नेको घुइँचो (फोटो फिचर)
काठमाडाैँ । बालाचतुरर्दशीको अवसरमा आज पनि मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथसहित देशका विभिन्न स्थानमा रहेका मन्दिरमा शुक्रबार साँझदेखि...
-
अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसँग कसिन् लगनगाँठो
काठमाडौं । अभिनेत्री श्वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण...
-
हिक्मत रावतको नयाँ गीत ‘फूल काँडा’ सार्वजनिक(भिडियोसहित)
काठमाडाैँ । हिक्मत रावतको नयाँ गीत 'फूल काँडा' सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ‘फूल काँडा’ बोलको गीतमा प्रेम...