ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा पृतनापति सम्मेलनको उद्घाटन

काठमाडौं। नेपाली सेनाको पृतनापति सम्मेलन सुरू भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन्।

मुलुकको शान्ति सुरक्षादेखि कोभिड-१९ को प्रतिकार्यमा भएको गतिविधिबारे समीक्षा गर्न आजदेखि भर्चुअल माध्यमबाट सम्मेलन सुरू भएको हो। बालुवाटरस्थित निवासबाट प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन गरेका हुन्।

सम्मेलन तीन दिनसम्म सञ्‍चालन हुनेछ। सम्मेलनमा ८ जना पृतनापतिहरूले आ-आफ्नो कार्यक्षेत्रमा भएका उपलब्धि, चुनौती र समाधानका गर्नुपर्ने काम समेटिएको विषयमा रिपोर्टिङ गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

सेनाले ६/६ महिनाको अन्तरमा पृतनापति सम्मेलन गर्दै आएको छ।

हाल सेनाको पूर्वी पृतनामा कायममुकायम पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्यपृतनापति ताराध्वज पाण्डे र उपत्यका पृतनापति आनन्दकुमार अधिकारी छन्।

पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org