ताजा समाचार

अनेरास्ववियू रुकुम-पूर्वले थालेको स्वास्थ्य सामाग्री वितरण अभियान जारी

रुकुम-पूर्व । अनेरास्ववियू रुकुम पूर्वले कोरोना संक्रमणको जोखिमबाट बच्न विद्यालयमा मास्क, सेनिटाइजर वितरण अभियान विस्तार गरेकाे छ ।

वली एग्राेभेट एण्ड सप्लायर्सका सञ्चालक सरद वलीकाे आर्थिक सहयोगमा अनेरास्ववियूका केन्द्रिय सदस्य रुपेन्द्र मल्ल रुकुम पूर्वका संयोजक रेवन खड्काले रुक्मिणी मा.वि. का  प्राचार्य कृष्ण गाैतम लाई स्वास्थ्य सामाग्री(मास्क, सेनिटाइजर) हस्तान्तरण गरेका हुन ।

अनेरास्ववियू रुकुम पूर्वका जिल्ला व्यापी रुपमा सञ्चालन गरेको जनचेतना तथा स्वास्थ्य सामाग्री वितरण अभियानको आज दोस्रो दिन हो ।

कोरोना संक्रमणको जोखिम कायमै भएको बेला स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर शैक्षिक क्रियाकलाप सञ्चालन भैरहेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरि  रुक्मिणी मा.वि. रुकुमकोट र जनता आधारभुत विद्यालय खाेपिचार मा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org