ताजा समाचार

नेकपामा कर्णाली प्रकरणले अध्यक्षद्वय ओली-प्रचण्डबीच दरार

काठमाडौं। कर्णाली प्रदेशको विवाद र मन्त्रीमण्डल पुनर्गठनका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दरार उत्पन्न भएको छ।

प्रधानमन्त्री ओलीले आफू निकटलाई मात्रै समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेपछि कार्यकारी अध्यक्ष दाहाल रुष्ट बनेका छन्। सोही कारण कर्णाली प्रदेशका सांसदहरूसँग भएको छलफल कार्यकारी अध्यक्ष दाहालले बहिष्कार गरेका छन्। दाहालको बहिष्कारका कारण प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका दुवै पक्षसँग लामो कुरा गर्नु परेको थियो।

‘‘छलफलमा प्रचण्डजीलाई पनि बोलाइएको थियो तर उहाँ छलफलमा आउनुभएन,’’ प्रधानमन्त्री ओलीलाई उद्यृत गर्दै कर्णालीका एक सांसदले भने, ‘‘कार्यकारी अध्यक्ष नआए पनि प्रधानमन्त्रीज्यूले दुवै अध्यक्ष मिलेर समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।’’ उनका अनुसार प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालसँग केही समयभित्रै छलफल गरेर निश्कर्ष निकाल्ने जनाएका छन्।

गत आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसबारे छलफल गर्न कर्णाली प्रदेशका सांसदहरूलाई काठमाडौं बोलाइएको थियो।

असोज २९ भित्र काठमाडौं आउने लिखित निर्देशनसँगै सांसदहरू काठमाडौं आइपुगे पनि अध्यक्षद्वय ओली र प्रचण्डसँग सामूहिक छलफल गर्न पाएनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org