ताजा समाचार

काठमाडाैँ उपत्यकामा थपिए १६ सय ९८ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकाका १६ सय ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

काठमाडौंमा १४६९ , ललितपुरमा ९९ र भक्तपुरमा १३० गरी १६ सय ९८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १६ सय ९८ सहित २९ सय ४२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

३९ हजार ३४१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना रहेका छन् भने होम आइसोलेसनमा २६ हजार ४०८ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ८७५ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार २३ सय २६जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।

आइसीयूमा ३०१ र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७३९ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org