ताजा समाचार

बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।

पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, सदस्यता टुंगो लगाउने लगायतका विषयमा छलफल हुने तय भएको नेताहरुले बताए।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार दुई अध्यक्षबीच बालुवाटारमा केहीबेर छलफल भएको हो।

‘के के विषयमा कुराकानी भयो भन्ने बारेमा जानकारी भइसकेको छैन,’ उनले भने।

यसअघि बुधबार पनि ओली प्रचण्डले साढे दुई घण्टा छलफल गरेका थिए। कर्णाली प्रदेशका पदाधिकारीसँगको बालुवाटारमा भएको सामुहिक छलफलमा भने प्रचण्ड सहभागी भएका थिएनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org