ताजा समाचार

धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

जनकपुर । धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ गाउँपालिका –१, सिनरजोडा घर भएका रामकुमार यादवकी छोरी ८ वर्षीया खुशी यादव र उपेन्द्र यादवकी छोरी ९ वर्षीया राधिका यादवको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।

शुक्रबार साँझ आफ्नै घरको आँगनमा खेलिरहेका ती बालिकाहरु साँझ घर नफर्केपछि परिवारजनले खोजी थालेको थियो ।  अबेर साँझसम्म कतै नभेटिएपछि प्रहरीलाई खबर गरिएकोमा खोजी गर्दै जाँदा शनिबार दुवै बालिका घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org