ताजा समाचार

दसैं भत्ता दिएर सरकारले सांसदको बदनाम गराउन खोज्यो: प्रकाशमान सिंह

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले दसैं भत्ता दिएर सरकारले सांसदहरूलाई बदनाम गराउन खोजेको बताएका छन्।

महामारीका बेला सांसदहरूलाई भत्ता दिएर सरकारले आफूजस्तै सांसदलाई पनि जनतामाझ आलोचित बनाएर बदनाम गराउन खोजेको आरोप सिंहको छ।

‘एकातिर जनतालाई पिसिआर परीक्षणसमेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दसैं भत्ता दिने सरकारी निर्णय निन्दनीय छ,’ सोमबार विज्ञप्ति निकालेर सिंहले भनेका छन्।

भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले सांसदहरूलाई दसैं भत्ता दिएर बदनाम गराउने दुरासय राखेको प्रष्ट देखिएको सिंहले बताएका छन्।

‘आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैं भत्ताका नाममा बद्नाम गर्ने दुरासय राखेको प्रष्ट छ,’ सिंहले भनेका छन्, ‘महामारीका बेलामा सांसदहरुलाई दसैं भत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ।’

उनले दसैं भत्ताका नाममा आफ्नो खातामा आएको रकम फिर्ता गर्ने पनि बताएका छन्।

‘दसैं भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु। सांसदहरुलाई आएको दसैं भत्ता फिर्ताको निर्णय गरेर आफूजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह गर्दछु,’ उनले भनेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org