ताजा समाचार

जसपामा कार्यविभाजन हुँदै, बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष हुने

काठमाडौं। आज देखी सुरु हुने जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो बैठकमा ८०१ सदस्यीय जम्बो केन्द्रीय कमिटीको घोषणा हुँदैछ।

त्यसका लागि बालकुमारीस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा बैठक बसिरहेको छ। आजैको बैठकवाट पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई औपचारिक रूपमा संघीय परिषद्को अध्यक्षसमेत हुने भएका छन्।

आजको बैठकमा संघीय परिषद गठन, विधान संशोधन, पदाधिकारी चयन, केन्द्रीय समिति सदस्यको घोषणालगायतका अजेन्डा रहेको अध्यक्ष उपेन्द्र यादवले बताए।

गत साउन २१-२५ मा बसेको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पदाधिकारी चयन गर्न नसके पछि त्यसको जिम्मा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्‍ठ नेताहरू राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राईलाई दिइएको थियो।

तर, झन्डै २ महिनासम्म पनि केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जना सदस्यलाई पदाधिकारी बनाउन सकेनन्।

सो विषयमा पनि जारी बैठकमा छलफल हुने नेता केशव झाले जानकारी दिए। यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रले झन्डै ५ हजार सदस्य रहेको केन्द्रीय समिति गठन गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org