असई विक सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष
काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्याको अनुसन्धान निष्कर्ष नजिक पुगेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले अनुसन्धानको दायरा साँघुरो बनेको अनलाइनखबरलाई बताए । उनले भनेका छन्, ‘हाल १३ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ सम्भवतः मंगलबार साँझसम्म तथ्यसम्म पुगिने उनले बताए ।
शनिबार राति मोटरसाइकल गस्तीमा गएका वेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव मोहना नदीमा भेटिएको छ भने साउद हालसम्म सम्पर्कविहीन छन् । उनको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोेर टोलीसँगै नेपाल प्रहरीका पौडिन जान्ने दक्ष जनशक्ति परिचालित छन् ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका व्यक्तिबाट केही संकेत मिलेपछि उनको खोजी कार्य थालिएको छ । हालसम्मकको अनुसन्धानले विकमाथि सामूहिक रुपमा आक्रमण भएको देखिएको पनि प्रहरी स्रोतको भनाइ छ ।
स्रोतका अनुसार घरेलु हतियारको प्रयोगबाट घाँटी काटिएको देखिएको छ । हत्यापछि केही मिटरको दूरीमा रहेको नदीमा विकको शव फ्यालिएको पाइएको प्रहरीको भनाइ छ ।
हाल घटनाको अनुसन्धानमा प्राविधिक सहयोगका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली पनि परिचालित छ ।
असई विकले तस्करी रोक्न गरेको कडाइकै कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
Comments
अरु समाचार
-
सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे
काठमाडौँ,१४ वैशाखः सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् ।शुक्रवार...
- नेपाल र कतारबीचको श्रम सम्झौता समयसापेक्ष बनाउने पहल गर्दैछु: राजदूत डा. ढकाल
-
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई...
-
‘बोक्सीको घर’ प्रदर्शनमा
काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
चितुवाको आक्रमणबाट घाइते
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी...
-
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
समाज परिवर्तन गर्ने अभियानमा जुटेका छौँ : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताउनुभएको...