ताजा समाचार

बेपत्ता प्रहरी जवान साउदको शव भेटियो

काठमाडाैँ । धनगढी उपमहानगरपालिका–२ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ ।

शनिबार रातिदेखि बेपत्ता उनको मंगलबार बिहान शव फेला परेको हो ।

गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।

असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।

प्रहरी जवान साउद भने बेपत्ता थिए । बिकको शव फेला परेको स्थानबाट दुई सय मिटरमाथि मोहना नदीमै साउदको शव पनि फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ । संलग्नमध्ये केही अझै बेपत्ता रहेकोले खोजी तीव्र पारिएको  छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org