ताजा समाचार

प्रभु हेलिकप्टरको साथमा गोसाइँकुण्ड र मार्दीको आरामदायी यात्रा

काठमाडौं । प्रभु हेलिकप्टरले दशैँ, तिहार र छठ पर्वको अवरसरमा गोसाइँकुण्ड र मार्दी क्याम्पको आरामदायी यात्रा सुरु गर्ने भएको छ ।

प्रभु हेलिकप्टरले काठमाडाैँ -गोसाईकुण्ड प्रति व्यक्ति १९ हजार  र पोखरा-मार्दीको लागी १७ हजार ५ सय प्रतिव्यति टिकट दर तोकेको छ।

गोसाइँकुण्डको लागी काठमाडाै त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलबाट गोसाइँकुण्डसम्म उडान समय लगभग ४० मिनेट राउन्ड ट्रिप हो । साथै ३० मिनेट गोसाइँकुण्डमा ग्राउन्ड टाइमको रुपमा छुट्याइएको छ ।

त्यस्तै गरी मार्दीको लागी  पोखरा विमानस्थल मार्दीसम्म उडान समय लगभग २५ मिनेट राउण्ड ट्रिप हो । साथै ३० मिनेट मार्दीमा ग्राउन्ड टाइमको रुपमा छुट्याइएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण करिब ६ महिना लकडाउन (बन्दाबन्दि) मा बसेर उकुसमुकुस भएको अवस्थामा दशैं,तिहार र छठको अवसरमा उत्कृष्ट पर्यटकिय गन्तव्य गोसाइँकुण्ड र मार्दि हिमालको आरामदायी तथा स्वास्थ्य सुरक्षाका प्रोटोकल पुर्ण पालना गर्दै सेवा प्रदान गर्ने प्रभु हेलीकप्टर प्रालीका उप महाप्रबन्धक नोभल कुमार राजलावतले जानकारी दिए ।

उप महाप्रबन्धक राजलावतले भनेः सम्पुर्ण नेपालीले हेलीकप्टरमा धार्मिक तथा पर्यटकीय गन्तव्य गोसाइँकुण्डको यात्रा गर्न सक्ने गरि सुलभ दरमा यो प्याकेज ल्याएका छाैँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org