ताजा समाचार

सुरेन्द्र पाण्डेविरूद्ध चितवनमा नेकपाकै कार्यकर्ताद्वारा नारा–जुलुस

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरकलह जिल्ला तहमा ओर्लन सुरु गरेको छ । शनिबार चितवनको राप्ती नगर कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओली पक्षले माधव नेपाल पक्षका नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेविरूद्ध नाराजुलुस गरेका छन् । बैठक विथोल्ने प्रयास गरेको नेताहरूले बताएका छन् ।

“राप्ती नगरपालिका मेरो गाउँ पनि हो,” पाण्डेले बाह्रखरीसँग भने, “८१ सदस्य कमिटीको पूर्ण बैठक चलिरहेको थियो । बैठक चलिरहँदा त्यहाँका मेयर प्रभा बरालसँगै दुईचार जना प्रवेश गरे । मैले स्थायी कमिटीमा कार्यदलले सर्वसम्मतरूपमा तयार पारेर पारित गरेका सुझावका बारेमा बताउँदै थिएँ । उनीहरूले जबज जिन्दावाद, मदन भण्डारी फाउन्डेसन जिन्दावाद, केपी ओली जिन्दावाद भन्दै नारा लगाउन सुरु गरे ।”

पार्टीभित्रको अन्तरविरोध प्रकाश पार्न नभ्याउँदै नारा जुलुस गरेर विथोल्न खोजिए पनि बैठक सौहार्दरूपमा सकिएको उनको भनाइ छ । नगर कमिटीमै नभएका र पार्टीको संगठित सदस्यमात्रै रहेकाहरू प्रवेश गराएर नाराजुलुस गराइएको उनको भनाइ छ ।

“कुनै पनि फाउन्डेसन नबनाऊँ, फाउन्डेसन गुटबन्दीमा मुहान भए भनेर सर्वसम्मत रूपले निर्णय गरेको भन्दै थिएँ, नाराबाजी सुरु भयो,” उनी भन्छन्, “भण्डाराका सुरज थपलिया, केदार आचार्य, प्रकाश कालाखेती लगायतको समूहले नाराबाजी गरेको हो । गाउँमा उनीहरूको कुनै प्रभाव छैन । सदस्यता लिएका छन् कि छैनन् त्यो पनि थाहा छैन ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org