ताजा समाचार

नक्सा विवादयता भारतीय विदेशसचिवको पहिलो नेपाल भ्रमणको मिति सार्वजनिक

काठमाडाैँ ।  परराष्ट्र मन्त्रालयले एक वरिष्ठ भारतीय कूटनीतिक अधिकारीले आगामी बिहीवार र शुक्रवार काठमाण्डूको भ्रमण गर्ने बताएको छ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको हो।

नेपाल भ्रमणका क्रममा उनले नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौडेलसँग नेपाल–भारत सम्बन्धका विविध विषयमा द्विपक्षीय वार्ता गर्ने जनाएको छ।

भ्रमणको समयमा नेपालका अन्य उच्च अधिकारीहरुसँग पनि भेट हुने सो मन्त्रालयले जनाएको छ।

‘भ्रमणका क्रममा विदेशसचिवले आफ्ना समकक्षी र अन्य अधिकारीहरुसँग हुने भेटमा भारत–नेपाल द्वीपक्षीय सम्बन्धका समग्र विषयहरुमा छलफल गर्नुहुनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

२०७६ भदौको पहिलो साता भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको दुई दिने भ्रमण गरेपछि विदेशसचिव श्रृंगला नेपाल आउने भारतका वरिष्ठ कुटनीतिज्ञ हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org