ताजा समाचार

प्रस्तावबारे प्रचण्डको स्पष्टीकरणः ओलीजीको न्यापालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन खोजिएको हो

काठमाडाैँ । पार्टीभित्र अन्तर्संघर्ष चर्किरहेका बेला गत कात्तिक २८ गते बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले स्पष्टीकरण दिएको छ ।

सामाजिक सञ्जाल फेसबूकमा स्पष्टीकरण राख्दै सचिवालयले लेखेको छ, ‘यही कात्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org