ताजा समाचार

बर्दिबासमा तनाव बढेपछि निषेधाज्ञा लगाइयो

काठमाडौं । बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

निषेधाज्ञा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चौक सम्म। निषेधाज्ञा अबधिभर र उक्त क्षेत्र मा ५ जना भन्दा बढी भेला जम्मा हुन नपाउने,अनाबस्यक भेला हुन पाउने छैन। निषेधाज्ञा अबधिमा राजमार्ग भने सुचारू रहने छ।

कटुवालकाअनुसार आज बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org