ताजा समाचार

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, बेपत्ता तीन जनाको खोजी जारी

काठमाडाैँ । बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खसेको छ ।

प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना- ४ बाट विहान साढे ५ बजेतिर त्रिशुली  नदीमा खसेको हो ।

दुर्घटनामा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाका अनुसार भ्यानमा चालकसहित चार जना सवार थिए । एक जना भने पौडिएर बाँच्न सफल भएका छन् ।

भ्यानमा सवार प्युठानका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका हुन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बेपत्ता हुनेहरुमा रोक्काका बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का, उनकी श्रीमती वर्ष ३३ की जमुना रोक्का र भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षका सूर्य के.सी. रहेका छन् । उनीहरूको खोजी जारी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org