ताजा समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशसचिवबीच शिष्टाचार भेट

काठमाडौं। नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्न सिंहदरबार पुगेका छन् ।

अहिले उनले मन्त्री ज्ञवालीसँग भेट गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।   नेपाल–भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएपछि उनी मन्त्री ज्ञवालीलाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका हुन्।

नेपाल भ्रमणका क्रममा निकै उत्साही देखिएका भारतीय विदेशसचिवले आज सम्पन्न द्विपक्षीय बैठकलाई उपलब्धिमुलक भएको प्रतिक्रिया दिएका छन्।

आजै उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org