ताजा समाचार

भारतले दियो नेपाललाई दुई हजार रेमडेसिभर इन्जेक्सन

काठमाडौँ। भारतले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २ हजार थान रेमडेसिभर इन्जेक्सन् प्रदान गरेको छ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रींगलाले तीइन्जेक्सन् आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई हस्तान्तरण गरेका हुन्। श्रींगलाले परराष्ट्र मन्त्रालयमा गई ती इन्जेक्सन हस्तान्तरण गरेका हुन्।

नेपालको दुई–दिने भ्रमणको सिलसिलामा भारतीय विदेश सचिव आज बिहान काठमाडौं आएका हुन्। काठमाडौ आएलगत्तै उनी नेपाल–भारत परराष्ट्र सचिव बैठकमा सहभागी भएका थिए। त्यसपछि उनले परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। सोही भेटका क्रममा उनले ती इन्जेक्सन हस्तान्तरण गरेका हुन्।

भारतीय विदेश सचिव श्रींगलाले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दै छन्।

उनी भोलि गोरखाको भ्रमण गर्दै छन्। गोर्खाबाट फर्केपछि उनको स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org