शनिबारदेखि मौसम सफा हुने
काठमाडाैँ । पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ ।
आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।
उक्त प्रणाली पश्चिम भू-भागबाट बाहिरिने क्रम सुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम सुरु हुनेछ ।
आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस छ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश जबराको प्रश्न : संसद् विघटन अस्वीकार गर्दा सरकार धारा ७६ (१) कै हुन्छ ?
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले अस्वीकार गर्दा पनि सरकार संविधानको धारा ७६ को १ को...
-
केपी ओलीले हिजो जसको विरोध गर्थे आज उनैसँग लम्पसार परे : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको आरोप लगाएका छन् ।...
-
‘केपी ओली प्रतिगमनका प्रतिक हुन्’,ओरिजिनल एमाले मै हो: माधव नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘असली’ एमाले केपी ओली नभएर आफू नै भएको बताएका छन् । मंगलबार...
-
पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु...
-
प्रदेश १ : प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकमा ३३ सांसद सहभागी
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक विराटनगरमा सुरु भएको छ । विराटनगरको होटल एसिया टिकमा दलका...
-
‘चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज’
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको...
-
उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती
काठमाडाैँ । उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका...
-
प्रतिनिधि सभा विघटन मुद्दा: संवैधानिक इजलासमा आजको बहस सुरू
काठमाडाै । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ। आइतबारदेखि निरन्तर बहस भइरहेको...
-
गरिब देशलाई खोप नदिए महामारी लम्बिने डब्लुएचओको चेतावनी
काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमान रणनीतिका कारण विश्व ‘गम्भीर नैतिक असफलता’ तर्फ अघि...