ढकालको प्रधानलाई जवाफ-‘अर्काको एजेन्डा नबोक्नुस्, एजेन्डा भनेको निजी क्षेत्रको हुनुपर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले आफ्ना प्रतिस्पर्धी चन्द्र ढकाललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
महासंघको ५४ औं साधारणसभाको बन्द शत्रमा बोल्दै उनले प्रधानले यसपटक आफूलाई छाडिदिन र अर्को पटक नेतृत्व लिनका लागि ढकालसँग आग्रह गरे ।
‘तपाईंलाई असल र सरल व्यक्तिको रुपमा मैले पाएको छु, भाइले दाजुको लिडरसीपलाई सफल बनाएर आफू सेकेन्ड लाइनमा बस्नु पर्यो’ प्रधानले भने, ‘यसअघि पनि मैले आग्रह गरेको छु, अझै पनि थोरै समय बाँकी छ, मलाइ छाडिदिनुस् ।’
ढकाल आफ्नो प्रिय भाइ भएको भन्दै उनले यसपटक आफूलाई छाडे अर्को पटक सघाउने स्पष्ट संकेत गरे । सहमति नभएको खण्डमा आगामी अध्यक्ष गोल्छाको १० वर्षे कार्ययोजना अनुसार आफूहरुले काम गर्ने र यसका लागि आफ्नो प्यानललाई नै जिताउन उनले आग्रह गरे ।
आफू २८ वर्षदेखिको अनुभव बोकेको व्यक्ति भएको र आफ्नो टिमका सबै योग्य रहेको भन्दै उनले आफ्नो प्यानललाई जिताए महासंघ सबल हुने बताए ।
अरुको एजेन्डा नबोक्नुस्-ढकाल
ढकालले पनि प्रधानलाई मन्तब्यमा जवाफ फर्काए । उनले प्रधानलाई अर्काको एजेण्डा बोकेर नहिँड्न सुझाव दिए । महासंघको नेतृत्व गर्छु भन्नेले आफ्नै एजेण्डा बनाउन सक्नुपर्ने भन्दै अर्काको एजेण्डाको सहयोगी मात्रै बन्छु भनेर कसैले नपत्याउने ढकालले बताए ।
महासंघको ५४ औं साधारणसभाको बन्द शत्रमा बोल्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले भने, ‘अर्काको एजेन्डामा हिँड्नु भएन, एजेन्डा भनेको निजी क्षेत्रको हुनुपर्छ । अर्को मान्छेको एजेन्डा फलो गर्नु र सहयोगी मात्रै बन्छु भन्नु राम्रो होइन ।’
उनले किशोर प्रधान सिनियर भएपनि नेतृत्व छाड्न नसकिने बताए । आफ्नो प्यानलबाट दिएका हरेक उम्मेद्वारहरु हरेक हिसाबले योग्य रहेको भन्दै ढकालले आगामी नेतृत्वका लागि आफ्नो प्यानललाई नै जिताउन आग्रह गरे ।
उनले आफू भन्दा ३ वर्ष अगाडिको मान्छे शेखर गोल्छा अब अध्यक्ष हुन लागेको भन्दै सिनियर भन्दैमा कसैले नछाड्ने बताए ।
‘सिनियरको कुरा गर्नेहरुलाई मेरो आग्रह छ, म भन्दा ३ वर्ष अघिको शेखर जी अध्यक्ष हुनुहुँदैछ’ ढकालले भने, ‘अब निवर्तमान अध्यक्ष हुन लाग्नु भएकी भवानी म्याडम पनि कति वर्षको हुनुभयो तपाईहरु आफैं हेर्नुस् ।’
आफू धेरै हण्डर खाएर यहाँ आएको भन्दै उनले आफ्नो संघर्षले महासंघलाई बलियो हुन मद्दत पुग्ने बताए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश जबराको प्रश्न : संसद् विघटन अस्वीकार गर्दा सरकार धारा ७६ (१) कै हुन्छ ?
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले अस्वीकार गर्दा पनि सरकार संविधानको धारा ७६ को १ को...
-
केपी ओलीले हिजो जसको विरोध गर्थे आज उनैसँग लम्पसार परे : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको आरोप लगाएका छन् ।...
-
‘केपी ओली प्रतिगमनका प्रतिक हुन्’,ओरिजिनल एमाले मै हो: माधव नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘असली’ एमाले केपी ओली नभएर आफू नै भएको बताएका छन् । मंगलबार...
-
पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु...
-
प्रदेश १ : प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकमा ३३ सांसद सहभागी
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक विराटनगरमा सुरु भएको छ । विराटनगरको होटल एसिया टिकमा दलका...
-
‘चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज’
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको...
-
उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती
काठमाडाैँ । उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका...
-
प्रतिनिधि सभा विघटन मुद्दा: संवैधानिक इजलासमा आजको बहस सुरू
काठमाडाै । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ। आइतबारदेखि निरन्तर बहस भइरहेको...
-
गरिब देशलाई खोप नदिए महामारी लम्बिने डब्लुएचओको चेतावनी
काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमान रणनीतिका कारण विश्व ‘गम्भीर नैतिक असफलता’ तर्फ अघि...