ताजा समाचार

१७०३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ७०३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार २३६ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४७३ छ ।

पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org