ताजा समाचार

प्रभुले ६० लाख कित्ता साधारण सेयर निश्कासन गर्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता प्राथमिक सेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पनि पाइसकेकाे भएनि शेयर निष्कासनको मिति भने सार्वजनिक गरेको छैन ।  बीमा कम्पनीहरुले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने प्रावधान छ ।

सोहीअनुरुप कम्पनीले कुल रजिस्टर्ड २ करोड कित्ता सेयरमध्ये सो संख्याको सेयर सर्वसाधारणका लागि निश्कासन गर्ने भएको हो । १ करोड ४० लाख कित्ता संस्थापक सेयर रहेको छ।

कम्पनीको सेयर व्यवस्थापकको जिम्मा सिद्धार्थ क्यापिटलले लिएको छ।  यसअघि अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्सलगायतले सर्वसाधारणलाई सेयर निश्कासन गरिसकेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org