ताजा समाचार

महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

आज महासंघमा भएको निर्वाचनमा हिराचनले ४० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डीबी बस्नेतले ३१ मत प्राप्त गरे ।  महासंघको विधानअनुसार कोषाध्यक्ष कार्यसमितिमध्येबाट छानिने व्यवस्था छ ।

आइतबारको पहिलो कार्यसमितिमा सहमतिबाट कोषाध्यक्ष छानिने प्रस्तावमा सहमति नभएपछि आज निर्वाचिन गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org