काठमाडौँका प्रजिअ पराजुली भन्छन्: शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुगमनलाई प्राथमिकता दिन्छु
काठमाडाैँ । काठमाडौँ जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी(प्रजिअ) कालीप्रसाद पराजुलीले आफूले मुख्य ६ विषयमा ध्यान दिएर काम गर्ने बताएका छन् ।
न्युज- नेपालसँगको कुराकानीमा प्रजिअ पराजुलीले आफ्नो मुख्य ध्यान शान्ति सुरक्षा कायम गर्ने र लिभिङ वीथ कोरोना भाइरसमा लगाउने बताएका हुन ।
काठमाडौं जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, जिल्लास्थित सरकारी कार्यालयहरुले दिने सेवा सुविधाको सरलीकरण र जिल्लामा हुने विकास निर्माणका कार्यको सहजीकरणलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए ।
‘मेरो मुख्य ध्यान शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, सुशासन कायय गर्ने, सेवा सुविधानको सरलीकरण, विकासमा सहजीकरण, लिभिङ वीथ कोरोनामा हुन्छ,’ प्रजिअ पराजुलीले भने, ‘ त्यो सँगै जिल्ला प्रशासन कार्यालय भनेको जिल्लास्थित सरकारी कार्यालयहरुको मोनिटरिक गर्ने कार्यालय पनि हो । त्यसैले मैले प्रशासन कार्यालयको प्रमुखको रुपमा गार्जेनसिपको भूमिका निभाउने, जिल्लास्थित सरकारी कार्यालयहरुको कोअडिनेटरका रुपमा काम गर्ने र राम्रो, काम भइरहेको छ कि छैन भनेर कन्ट्रोलरको भूमिकामा पनि रहन्छु ।’
यही संसिर १० गतेबाट काठमाडौंको प्रजिअका रुपमा कार्यभार सम्हालेका पराजुली यसअघि बझाङ, धनकुटा, दोलखा, तेह्रथुम, धनुषा र उदयपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका व्यक्ति हुन् । तयस्तै उनले धेरै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा पनि काम गरेका छन् ।

त्यतिमात्र होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय नक्सालमा पनि काम गरेको अनुभव पराजुलीसँग छ । त्यसैले उनले काठमाडौंमा सुशासनलाई पनि प्राथमिकतामा राख्ने योजना अघि सारेका हुन् । ‘मसँग विभिन्न जिल्लामा काम गरेका अनुभव छ, सुशासनको क्षेत्रमा पनि काम गरेको छु । प्रम्ुख जिल्ला अधिकारी भनेको कन्ट्रोलर पनि भएकाले नापी, मालपोत यातायातजस्ता सेवाग्रहीको भिड हुने कार्यालयमा अनुगमन गर्ने, आफ्नै कार्यालयभित्र सहज सेवा प्रवाह गर्नेगरी व्यवस्थापन गर्ने, कर्मचारीले सेवाग्रहीप्र ितगर्ने व्यवहार कस्तो छ, सुधार्न के गर्नुपर्छ भन्ने विषयमा रणनीति बनाएर अगाडी बढ्ने मेरो योजना छ ।’
संघीय राजधानी भएकाले विभिन्न भिआइपी र भिभिआइपीहरुको भ्रमणमा आफूले सुरक्षा निकायका केन्द्रसँगको समन्वयमा काम गर्नुपर्ने उनले बताए । त्यसमा साथ दिने सुरक्षा निकायहरुबाट प्रतिवद्धता पाएको पनि उनको भनाइ छ । राजधानी भएकाले केही गृहमन्त्रालयसँगको समन्वयमा पनि काम गर्नु पर्ने हुने उनले भने ।
आफूले समन्वयकारी भूमिका निर्वाहमा ध्यान दिने पनि उनले बताए । आपतकालिन अवस्थामा कसरी शान्ति सुरक्षा कायम गर्ने र त्यसको सहज व्यवस्थापन कसरी गर्ने भनेर सुरक्षा निकाय र सम्बन्धीत कार्यालयसँग सहकार्य गर्ने आफ्नो योजना पनि उनले सुनाए ।
आम नागरिकका माग पूरा हरदम प्रयासरत रहने उनको भनाइ थियो । समस्यामा परेका नागरिकको समस्या समाधानका लागि ‘मिडियटर’ भएर काम गर्ने भन्दै प्रजिअ पराजुलीले अहिलेपनि सर्वसाधारणको मनमस्तिष्कमा जिल्ला प्रशासन कार्यालयमा गएपनि आफ्नो काम हुन्छ भन्ने धारणा रहेको र त्यो धारणालाई मर्न नदिनेमा सचेत रहने बताए । फेसिलेटरको भूमिकालाई पनि ध्यानमा राखेर अगाडि बढ्ने उनको योजना छ ।
काठमाडौंमा सुशासन र सरकारी कार्यालयबाट हुने सेवा सुविधालाई सरलीकरण गर्ने विषयमा आइतबार मात्रै जिल्लाभित्रका सबै नगरपालिकाका प्रशासकीय अधिकृतसँग छलफल गरेका प्रजिअ अधिकारीले मेयरहरुसँग पनि यही विषयमा छलफल गर्ने तयारीमा आफू रहेको योजना सुनाए । ‘जिल्लामा नयाँ योजना र रणनीति ल्याएर गति दिने मेरो योजना छ । त्यसका लागि सरोकारवाला निकायसँग छलफल गरिरहेको छु । सुरक्षा निकाय, सबै नगरका प्रशासकीय अधिकृतहरुसँग छलफल गरिसके । मेयरसँग छलफल गर्ने तयारी भइरहेको छ । अन्य कार्यालयका प्रमुखहरुसँग कुराकानी भइरहेको छ । केही नयाँ बनाएर अघि बढ्छौ,’ उनले भने ।
सेवाग्राहीसँग कर्मचारीहरुले कस्तो व्यवहार गरिरहेका छन्, भनेर अनुगमन गर्ने, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सुरक्षा निकायको परिचालन गर्ने, र सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गरेर आफ्नो काम गर्न नागरिकलाई दिने योजना पनि उनले सुनाए ।
डकलाउन गर्ने योजना छैन ।
उपत्यकाम लकडाउन गर्ने हल्ला चलिरहेको बेलामा लकडाउन गर्ने कुनै योजना नरहेको बताए । लिभिङ वीथ कोरोनालाई नै आफूले प्राथमिकता दिने उनको भनाई छ ।
‘लामो समय लकडाउन गर्दा रोजगारीका अवसर गुमेकाले नागरिक समस्यामा छन् । लिभिग वीथ कोरोना गरेर अगाडि बढ्नु पर्छ । मास्क अनिवार्य रुपमा लगाउने स्वास्थ्य प्रोटोकल पुरा गरेर दैनिक काम गर्न दिने योजना छ । हामीले स्वास्थ्य प्रोटोकल पालना गर्न जनचेतना फैलाउने, भिडभाड हुन नदिनेमा ध्यान दिन्छौ । काम गरेर खान रोक्दैनौ,’ उनले भने । उपत्यकामा नाकाबन्दी गर्ने हल्ला पनि निराधार रहेको उनले बताए ।
Comments
अरु समाचार
-
प्रचण्ड-नेपाल निकट मिडियाले कपोकल्पित अफवहा फैलाएकोमा सर्वोच्चको चेतवानी
काठमाडौं । सर्बोच्च अदालतले प्रधानमन्त्रीले संवैधानिक इजलासका न्यायाधीशहरुलाई भेटेको भनी चलाइएको हल्ला मिथ्यापूर्ण, भ्रामक र कपोलकल्पित भन्दै खेद व्यक्त गरेको...
-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह
काठमाडाैँ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । उनको विवाह अमेरिकामा बस्दै...
-
ओलीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड–माधव पक्षको निर्णय, पौडेललाई कारवाही
काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित...
-
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने
काठमाडौँ । संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको छ । १३ रिट...
-
प्रधानमन्त्री बन्नका लागि राष्ट्रियसभामा ल्याइएको भन्दै गलत प्रचार भयो : वामदेव
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर गलत प्रचार गरिएको बताएका छन् । सिंहदरबारमा...
-
दुई मन्त्रीबीच भेटवार्तापछि नेपाल–भारत संयुक्त आयोग बैठक सुरु
नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ। सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र...
-
नेकपा स्थायी कमिटी बैठक सुरु, के गर्ला निर्णय ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप...
-
संसद विघटन : संवैधानिक कि वृहत पूर्ण इजलासमा सुनुवाइ भन्ने बहस सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ सुरु भएको छ । अघिल्लो पटकजस्तै आज पनि रिटहरुको सुनुवाइ संवैधानिक...
-
प्रतिनिधिसभा विघटन मुद्दा : आज सुनुवाइ हुँदै
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्द दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको...