ताजा समाचार

प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

काठमाडाैँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ।

शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो। मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको  तस्बिर राखिएको छ।

‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान-बिहानै अनावश्यक कुराहरू पोस्ट भएको पायौं,’ राउतका प्रेस संयोजक आतिश मिश्रले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्नेबारे छानबिन हुँदैछ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org