‘अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा तत्काल शुल्क लाग्दैन’
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्यो।
मौद्रिक नीतिको बुँदा नं. ६७ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत् ग्राहकबाट लिने सेवा शुल्कसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ।’
यही बुँदाका कारण केही मानिसहरूमा फेरि एउटा बैंकको एटिएमले अर्को बैंकबाट पैसा झिक्दा शुल्क लाग्ने हो कि भन्ने ठाने।
राष्ट्र बैंकले अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्था नै अहिले कार्यान्वयनमा आइरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले शुक्रबार दिउँसो भने ‘त्यसबारे कुनै सर्कुलर गरिएको छैन, अहिले अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था यथावत् छ।’
उनका अनुसार अन्तर एटिएम कारोबारमा शुल्क लिन पाउनेबारे अहिले निर्णय भइसकेको छैन।
बैंकहरूले पनि अहिले नि:शुल्क एटिएमको व्यवस्था नै लागू भइरहेको स्पष्ट पारेका छन्। नबिल बैंकका सूचना अधिकृत सुरेश त्रिपाठीले अन्तर एटिएम कारोबारमा अहिले कुनै शुल्क नलिइएको स्पष्ट पारे।
‘हामीलाई कुनै निर्देशन आएको छैन, राष्ट्र बैंकले यसअघि गरेको शुल्क लिन नपाउने व्यवस्था नै कार्यान्वयन भइरहेको छ’ उनले भने।
यसअघि कोरोना भाइरसको महामारी सुरू हुँदा बैंकहरूले नै चैतको दोस्रो साताबाट अन्तरएटिएम कारोबार नि:शुल्क गरेका थिए।
पछि राष्ट्र बैंकले नै अर्को व्यवस्था नभएसम्म अन्तरएटिएम कारोबारमा कुनै शुल्क लिन नपाउने गरी निर्देशन गरेको थियो।
बैंकहरूले अन्तरएटिएम कारोबार गर्दा नेटवर्कअनुसार सेवा शुल्क लिँदै आएका थिए।
Comments
अरु समाचार
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
काठमाडाैँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा...
-
प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला ५००...
-
तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा...
-
लगानीमैत्री वातावरण बनाउन राजनीतिक सहमतिमा आधारमा अध्यादेश ल्याइएको होः अर्थमन्त्री पुन
काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा...
-
‘सूर्य नेपाल काठमाडौं ओपन’ मंगलबारदेखि सुरु हुँदै, राम्रो स्कोर निस्किने अपेक्षा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि सुरु हुने भएको छ। रोयल...
-
नौ महिनामा पाँच अर्ब राजस्व सङ्कलन
काठमाडौं । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ ।...
-
इजरायलमा पाँच महिनासम्म मर्मतमा राखिएको निगमको जहाज सोमबार काठमाडौँमा अवतरण हुँदै
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ।...
-
लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः प्रमुख कार्यकारी अधिकृत भट्ट
काठमाडौँ । सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ। आउँदो आइतबार...