ताजा समाचार

राजपुर बमकाण्डका नाइके कांग्रेस सांसद आलमका भाई पनि समातिए

काठमाडौं । कुख्यात राजपुर हत्याकाण्डमा संलग्न अफताब आलमका भाईलाई महताफ आलमलाई प्रहरीले पक्राउ गरेको छ।

हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका अफ्ताब प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद हुन्‌।

वि.सं. २०६४ चैत २७ गते संविधान सभाको अघिल्लो दिन चुनाव भाँड्ने प्रयोजनका लागि अफताबकै निर्देशनमा उनका काका शेख इद्रिसको गोठमा बनाइएको बम विस्फोट भएको थियो।

हालको राजपुर नगरपालिका-४ (साविक राजपुर गाविस-४) स्थित आलमका काका शेख इद्रिसको गोठ गराएको सो विस्फोटमा परी यमुनामाई गाउँपालिका-४ (साबिक सरुअठा ४) का त्रिलोकप्रसाद सिंह (पिन्टु) ओसी अख्तर घाइते भएका थिए। घटनाको रहस्य खुल्ने डरले घाइतेहरूलाई ट्रकमा हालेर इटाभट्टामा हाली जलाइएको थाहा भैसकेको छ।

सो घटनाका मूख्य योजनाकार सांसद आलमलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो। उनका भाइ महताफलाई पनि प्रहरीले घटना घटेको १३ वर्षपछि पक्राउ गरेको हो।

महताफलाई समात्न भारतीय प्रहरीसँग समन्वय गरिएको नेपाल प्रहरीका अधिकारीहरूले जानकारी दिएका छन्‌। प्राप्त जानकारीअनुसार पक्राउ परेका महताफलाई रौतहटमा ल्याइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org