ताजा समाचार

पौष १० बाट एकतर्फी रुपमा हल खोल्ने हल व्यवसायीको घोषणा

काठमाडाैँ । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org