ताजा समाचार

श्रीलंकाबाट पछि हट्यो एमसीसी, अनुदान कार्यक्रम रद्ध

काठमाडौं । मिलिनियम च्यालेन्ज कोअप्रेसन (एमसीसी)को निर्देशक समितिले श्रीलंकसँग भएको४८० मिलियन डलर बराबरको सम्झौता रद्ध गरेको छ।

वासिङटन डिसीमा भएको निर्देशक समितिको चौमासिक बैठकले यस्तो निर्णय गरेको हो।

एमसीसीले २०१९ को अप्रिलमा ४८० मिलियन डलरको श्रीलंका कम्पाक्ट स्वीकृत गरेको थियो। पाँच वर्षे अनुदान स्वीकृत भए पनि श्रीलंक सरकारले कम्पाक्टमा हस्ताक्षर गरेको थिएन्। कम्प्याक्टमा हस्ताक्षर नहुँदा कम्प्याक्ट अन्तर्गतका कार्यक्रम अगाडि बढ्न सकेका थिएनन्।

अघिल्लो रानिल विक्रमासिंगे सरकारले एमसीसी श्रीलंकामा ल्याउन प्रस्ताव गरेको थियो। तर, उनीमाथि संसदमा अविस्वासको प्रस्ताव लगियो। संसद विघटनको प्रयास भयो। नयाँ निर्वाचन मार्फत गोतावाया राजापाक्षे राष्ट्रपति भए। उनले आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाए।

नयाँ बनेको सरकार एमसीसीबाट पछाडि हट्यो।

एमसीसी अन्तर्गत श्रीलंकाको भूमि व्यवस्थापन, सडकपूर्वधार विकास गर्ने योजना तयार हुँदै थियो। एमसीसीको भूमिमा प्रवेश पाएसँगै श्रीलंकामा विरोध भएको थियो।

जनवरीमा त्यहाँको सरकारले अध्ययनकालागि कमिटी बनाएको थियो। युनिभर्सिटीअफ कोलम्बोका प्रध्यापक ललितासिरी गुनारुवानको नेतृत्वमा बनेको कमिटीले सम्झौता  रद्ध गर्न सुझाब दिएको थियो।

एमसीसीको बोर्ड सदस्यको रुपमा श्रीलंका पनि सहभागि थियो। योसँगै एमसीसीले सियरा लियोनलाई नयाँ सदस्यको रुपमा स्वीकृत गर्दै पाँच वर्षे अनुदान कार्यक्रमसमेतस्वीकृत गरेको छ।

एमसीसीको निर्देशक समितिले बेनिन, बुर्किना फासो,कोटे डी आइभरी, र नाइजरलाई पुन चयन गरेको छ। ,

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org