ताजा समाचार

लेवान्डोस्की फिफा वर्ष खेलाडी

एजेन्सि । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष खेलाडीको सुचि सार्वजनीक गर्दा लेवान्डोस्की, मेस्सी र रोनाल्डोलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।

पोल्याण्डका अन्तराष्ट्रिय फरवार्डले गत सन् ४७ खेलमा ५५ गोल गरेका थिए ।

जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले बुन्डेसलिगा सहित च्याम्पियनसिप र घरेलु कप समेत उचालेका थिए ।

तीनै प्रतियोगितामा लेवान्डोस्की सर्वाधिक गोलमा रहेका थिए ।

३२ वर्षिया फरवार्डले नयाँ सिजन समेत आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन् । उनले बुन्डेसलिगामा बुधबार बायर्नलाई जित दिलाउन दुई गोल गरे, र बुन्डेसलिगामा २स य ५० गोलको कोशेढुङ्गा पार गरे ।

लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए । तर कोरोना भाईरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो ।

‘मैले निकै मज्जाको अनुभव गरिरहेको छु ।’ उनले भने, ‘मैले निकै गर्व र खुसीको महशुश गरेको छु । यो मेरो लागि एक महान दिन हो । र मेरो क्लब र सहकर्मीका लागि पनि । यो अवार्ड मेरो सहकर्मीको पनि हो । प्रशिक्षक र बायर्न म्युनिखको हो । निकै उद्भुत महशुश भईरहेको छ । यसले धेरै भावुक बनाएको छ ।’

३२ वर्षिया फरवार्डले नयाँ सिजन समेत आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन् । उनले बुन्डेसलिगामा बुधबार बायर्नलाई जित दिलाउन दुई गोल गरे, र बुन्डेसलिगामा २ स य ५० गोलको कोशेढुङ्गा पार गरे ।

लेवान्डोस्की बालेन डी ओरको समेत मुख्य दाबेदार रहेका थिए । तर कोरोना भाईरसको महामारीका कारण सो अवार्डनै रद्ध हुने पुग्यो ।

‘मैले निकै मज्जाको अनुभव गरिरहेको छु ।’ उनले भने, ‘मैले निकै गर्व र खुसीको महशुश गरेको छु । यो मेरो लागि एक महान दिन हो । र मेरो क्लब र सहकर्मीका लागि पनि । यो अवार्ड मेरो सहकर्मीको पनि हो । प्रशिक्षक र बायर्न म्युनिखको हो । निकै उद्भुत महशुश भईरहेको छ । यसले धेरै भावुक बनाएको छ ।’

लकी ब्रोन्जले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरिन् । ब्रोन्ज यसै सिजन ईङ्ल्याण्ड र म्यान्चेष्टर सिटी फर्किएकी छिन् । उनले गत सिजन लियोनमा बिताएकी थिईन् ।

उनले गत सिजन लियोनबाट चार उपाधि जितेकी थिईन् । सिटीलाई उनले नयाँ उचाईमा च्याम्पियन्स लिगसम्म लैजाने अपेक्षा गरिएको छ ।

उनले लियोनकी सहकर्मी वेन्डी रेनार्ड र चेल्सीकी विश्व कीर्तिमानी मुल्यकी खेलाडी पेरनील हार्डरलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेकी हुन् ।

बिहिबारको राति बायर्नका लागि सुखद रह्यो । म्यानुअर नोयरले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । लिभरपुलका एलिसन र एट्लेटिको मड्रिडका जान ओब्लाकलाई पछि पार्दै उनले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । महिलातर्फ सोही उपाधि लियोनकी सारा बुहद्धीले प्राप्त गरिन् ।

लिभरपुलका योर्गेन क्लोपले वर्ष प्रशिक्षकको अवार्ड प्राप्त गरे । बायर्नका हान्सी फ्लिक र लिड्सका मार्सेलोलाई पछि पार्दै क्लोपले लगातार दोस्रो वर्ष सा अवार्ड प्राप्त गरेका हुन् ।

महिलातर्फको वर्ष प्रशिक्षकको अवार्ड भने नेदरल्याण्डकी सरीना वेगमेनले प्राप्त गरिन् ।

सन ह्युङ मिनले पुस्कार अवार्ड प्राप्त गरे । टोटेनहमका फरवार्डले वर्नलीविरुद्ध गरेको गोलले उनलाई पुस्कास अवार्ड दिलायो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org